पोखरामा तेस्रो ‘पिम्फ’ सुरु

द सिनेमा टाइम्स, काठमाडौँ – पोखरामा विहिबारदेखि तेस्रो ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ (पिम्फ) सुरु भएको छ । बालमनोवैज्ञानमा आधारित सिनेमा ‘जालगेडी’को स्क्रिनिङसँगै पोखरा सभाग्रहमा ‘पिम्फ’ २०१७को सुरुवात गरियो । पोखरा फिल्म सोसाइटीको आयोजनामा तिन दिनसम्म चल्ने फेस्टिभलमा स्वदेश र विदेशका वृत्तचित्र, लघु, कथानक, प्रयोगात्मक, एनिमेसन विधाका ४३ सिनेमा प्रदर्शन गरिनेछन् । सय बढी देशका…