केकीसँग एमाले नेता लालबाबुको चिप्पक-चिप्पक !

केकीसँग एमाले नेता लालबाबुको चिप्पक-चिप्पक !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २१ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘राज्जा रानी’ले तराई क्षेत्रको दाईजो प्रथा विषयलाई उठान गरेको छ । त्यसैले यस्तो विषयबस्तुको सिनेमा देशैभरका दर्शकले हेर्नुपर्छ भन्ने मान्यता सहित अहिले ‘राज्जा रानी’ टिम प्रचारप्रसारको देश दौडाहमा निक्लेको छ ।

‘राज्जा रानी’को यो मोफसल प्रचारमा बालविवाह र दाईजो प्रथा विरुद्द आवाज उठाउँदै आएको ‘भोर’ नामक संस्थाले सहकार्य गरेको छ । उसले सिनेमाको मैथली भर्सन पनि खरिद गरेको छ । यसै क्रममा ‘राज्जा रानी’ टिमले विराटनगरमा सिनेमाको प्रचार गर्दै दाईजो प्रथाको विरुद्दमा जनचेतना फैलायो ।

‘राज्जा रानी’को कार्यक्रममा एमालेका चर्चित नेता लालबाबु पण्डित प्रमुख अतिथिको रुपमा उपस्थित थिए । त्यहाँ उनले सिनेमाका कलाकारद्धय केकी अधिकारी र नाजिर हुसेनसँग स्टेजमै कम्मर मर्काउदै सेल्फी पनि लिए । स्टेजमा लालबाबु ‘चिप्पक चिप्पक’ बोलको गीतमा नाँचेका थिए । यम थापाको निर्देशन रहेको सिनेमामा रमेश एमके पौडेलको लगानी छ ।

https://youtu.be/ZG7cZC41HlM