शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । "प्रेमी" र "तिमि बिना जिउनु छैन" नामक दुई फिल्मको यसअघी न कुनै हल्ला थियो नकुनै प्रचारप्रसार नै । हलमा चलाउनका लागी मात्र यी दुई फिल्म रिलिजको एकदिन अघि पोस्टर टास्दै प्रर्दशनमा आएको देखिन्छ । फिल्म प्रेमीलाई बिबेक थापाले निर्देशन गरेका हुन् भने यसअघी कहिल्यै नदेखिएका कलाकारहरुको फिल्ममा…