‘प्रेम गीत-२’ विवाद:संगीतकार पनि बाहिरिए

‘प्रेम गीत-२’ विवाद:संगीतकार पनि बाहिरिए

The Cinema Times

गत बर्ष रिलिज फिल्म ‘प्रेम गीत’को गीत संगीत खुब चल्यो, फिल्म बक्स अफिसमा समेत हिट भयो |संगीतकार अर्जुन पोखरेल ले यो फिल्म बाट धेरै अवार्ड हरु पनि जिते । यो फिल्म चल्नुमा गीत संगीतको समेत ठुलो हात छ भन्ने कुरा धेरैले चर्चा गरे । फिल्म राम्रो चले पछि  फिल्मको  सिक्वेल समेत बन्ने भयो |संगीतकार मा अर्जुन पोखरेल दोहोरिए  तर आन्तरिक विवादका कारण निर्देशक, निर्माता, अभिनेता र अभिनेत्री दुई भागमा छुट्टिए ।निर्माता सन्तोष सेनले निर्देशन को  जिम्मा रामशरण पाठकलाई दिए भने  अश्लेशा शाही ठकुरीलाई हिरोइन साईन गरे । उता सुदर्शनले पनि फिल्म ‘प्रेम गीत’को हिट शिर्ष गीत ‘म यस्तो गीत गाउछु’ नाम  राखी पुजा र पल शाह लिड भूमिकामा हुनेगरि फिल्म घोषणा गरे ।arjun

यी दुवै फिल्ममा संगीतकार अर्जुन पोखरेल थिय । तर यतिबेला प्रेम गीत २ मा अर्जुनले संगीत नगर्ने भन्ने कुरा मिडियाहरुमा आईरहेको छ । अर्जुन र फिल्म युनिट बीच केहि आन्तरिक कुरा नमिलेको कारण उनले फिल्ममा संगीत नगर्ने कुरा समाचार बनिरहदा अर्को खाले हल्ला समेत यहाँ चलेको छ प्राप्त  खबर अनुसार निर्माता सेनले अर्जुनको काम ढिलाई भएका कारण चित्त नबुझेर आफुले निकालेको भनेका छन् । भने अर्जुनले  निर्माताको कचकच सहन नसकेका कारण आफैले फिल्म छाडेको बताउछन।अब यी दुई बीच के कुरामा विवाद भएको हो र कसले कसलाई निकालेको वा निक्लिएको हो ? यो कुरा उनीहरुलाई नै थाहा होला !

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।