‘‘म यस्तो गीत गाउछु’’ माघबाट छायांकन मा जाने

‘‘म यस्तो गीत गाउछु’’ माघबाट छायांकन मा जाने

The Cinema Times

निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको लभ स्टोरी चलचित्र ‘म यस्तो गीत गाउ“छु’को छायांकन माघबाट सुरु हुने भएको छ । माघ २१ गतेबाट चलचित्रको छायांकन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।
लभस्टोरी जनराको यो चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको जोडीलाई पहिलो पटक सुदर्शनले पर्दामा उतार्न लागेका छन् ।
चलचित्रको निर्माणपक्षले सम्पूर्ण यूनिट फाइनल गरिएको जानकारी दिएको छ । निर्देशक थापाले चलचित्रका मुख्य कलाकार र प्राविधिकलाई एकै ठाउ“मा राखेर चलचित्रको कथा र उनीहरुको भूमिकाको बारेमा जानकारी दिएका छन् ।
नायक पल शाहले कथावस्तु सुनेर आफू अत्यन्त उत्साहित भएको बताए । उनले भने–‘मैले कथा त पढिसकेको थिए“ । तर, निर्देशकको मुखबाट सुन्दा झनै सुन्दर लाग्यो । नायिका पूजा शर्माले पनि आफ्नो भूमिका च्यालेञ्जिङ भएपनि

आफू तयार रहेको सुनाइन् । उनले यसपटक, प्रेमको भूमिकामा अझै डुबेर दर्शकको मन जित्ने बताइन् । सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा सुदर्शनकै लेखन तथा निर्देशन रहनेछ । सुदर्शन थापा नै निर्माता रहेको चलचित्रमा दिनेश न्यौपानेको पटकथा तथा संवाद रहने छ । चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल, अन्जु पन्त र अर्जुन पोखरलेको स्वर, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
चलचित्रका मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुन् भने सहायक निर्देशक दिनेश खड्का हुन् ।

विश्व गौतमको कस्ट्यूम डिजाइन रहने चलचित्रमा नविन पौडेल प्रोडक्शन डिजाइनर, नेपाल डायरिज प्राली ब्रान्ड म्यानेजरको रुपमा रहनेछन् । चलचित्रमा पूजा शर्मा, पल शाहको साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले अभिनय रहनेछ । चलचित्रको प्रदर्शन मिति आउ“दो बर्षलाई तोकिएको छ । निर्देशक थापाले चलचित्रको लागि आधा बर्ष लगाएर कथा बुनिएको बताउ“दै उत्कृष्ट लोकेशनमा मन छुने प्रेम कथा बनाउने बताए ।