विहिबार देखि ‘किम्फ’, सेड्युल सहित

द सिनेमा टाइम्स, काठमाडौँ – डिसेम्बर १४ देखि १८ तारिखसम्म राजधानीको कुमारी हलमा आयोजना हुने ‘किम्फ २०१७’को स्क्रिनिङ सेड्युल सार्वजनिक गरिएको छ । यसपटकको ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल’मा डकुमेन्ट्री, फिक्सन, लघुसिनेमा, एनिमेसन र प्रयोगात्मक गरि विभिन्न देशका ७६ सिनेमा स्क्रिनिङ गरिनेछ । यो १५औ संस्करणको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १४ सिनेमा, ‘नन’ प्रतिस्पर्धामा ४०, नेपाल परिदृश्यमा…