‘माई लभ’ हेर्दा भाग्यशाली दर्शकले जापान जान पाउने !

‘माई लभ’ हेर्दा भाग्यशाली दर्शकले जापान जान पाउने !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अर्को हप्ता अर्थात मंसीर २९ गतेबाट अलनेपाल रिलीज हुन लागेको सिनेमा ‘माई लभ’ यतिबेला प्रचारप्रसारको देश दौडाहामा छ । दौडाहकै क्रममा यतिबेला पोखरा पुगेको टिमले ‘माई लभ’ हेर्ने दर्शकका लागि पुरस्कारको घोषणा गरेको छ । पुरस्कार रहेको छ: भाग्यशाली दर्शक जापान जान पाउने !

यदि सिनेमा हेरेका दर्शकले सिनेमा घरको नाम र टिकट नम्बर ‘माई लभ’को अफिसियल पेजमा पठाएमा यो पुरस्कारको भागेदारी हुन् सक्नेछन । विजेता छनोट गर्न गोलाप्रथा गरिने निर्माता तथा कलाकार गणेश लामाले जानकारी दिए । र विजेताले अप्रिल २५ तारिखमा हुने ‘माई लभ’को प्रिमियरमा सहभागी हुन् पाउँनेछन् ।

२०७२ सालको विनाशकारी भुकम्पको कथामा निर्माण भएको सिनेमा भित्र जापानी टोलीले देखाएको सहानुभुती र सहयोगको कथा पेश गरिएकोले, यो एउटा सामान्य सिनेमा मात्रै नभई भोलीको ठुलो दस्तावेज समेत भएको लामाले बताए । त्यस्तै सिनेमाकी मुख्य कलाकार शितल श्रेष्ठले आफुले ‘माई लभ’ जस्तो सिनेमाबाट डेब्यु गर्न पाउनु नै ठुलो भएको बताईन ।

डा. तोसिआकी इतोहले निर्देशन गरेको सिनेमामा गणेश लामा, शितल शर्मा, रिवन मित्सुतानी लगायतका कलाकारले अभिनय गरेका छन ।