‘रुद्र’को अफिसियल रिलिज तय

दि निखिल उप्रेती प्रोडक्शन'को तर्फबाट निर्माण भएको फिल्म 'रुद्र'को अफिसियल रिलिज तय भएको छ । निर्माता समेत रहेका अभिनेता निखिल उप्रेतीसँगै निर्देशक रामजी लामिछानेले फिल्म अर्को बर्षको साउन २० मा रिलिज हुने बताए । गोपालकाजी कायस्थले 'रुद्र'को वितरण जिम्मा लिएका छन् । यो फिल्ममा एक्सन स्टारको उपमा पाएका निखिल पहिलो पटक पर्दामा खलपात्रको रुपमा देखिँदैछन्…