चलचित्र ‘मेरी कुसुम’को अडियो र ट्रेलर सार्वजनिक

यूएइमा बस्दै आएका कलाकार मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कुसुम’को अडियो र ट्रेलर आज सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ३ गीत समावेश अडियो र एक्सनले भरिएको ट्रेलर रिलिज गरिएको हो ।  टंक बुढोथोकीको संगीत रहेको यो चलचित्रमा ‘म त बदलिए, मेरो भागको खुशी, सहिछाप…