बहुप्रतिक्षित फिल्म ‘लुट २’ प्रदर्शनमा, हलमा दर्शकको ठुलो भिड

बहुप्रतिक्षित फिल्म ‘लुट २’ प्रदर्शनमा, हलमा दर्शकको ठुलो भिड

The Cinema Times

फिल्म ‘लुट २’ आज  सुक्रबारबाट   देशभरका  एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको छ । सर्वाधिक हल संख्या पाएको यो बहुप्रतिक्षित फिल्मले क्यएफएक्स अन्र्तगतका मल्टीप्लेक्स हलहरुमा मात्रै २२ शो पाएको छ । आज को सबै   सो बुक्ड भै सकेको छ । देशै भरका सिनेमा घर हरुमा  बिहानै देखि  दर्सकहरुको ठुलो भिड लागेको छ ।  निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ ले हल र शोज संख्या सार्वधिक पाएको छ  । क्यएफएक्समा   ‘लुट २’ को अग्रिम बुकिङका लागि खोलिएका टिकट शुक्रबार र शनिबार लागि सबै बुक भैसकेका छन् ।

यो नेपाली फिल्म क्षेत्रको इतिहासमा पहिलो खुसीको खबर हो । झण्डै पाँच वर्ष अघि प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘लुट’ को सिक्वेल ‘लुट २’ हो । सिक्वेलमा निर्देशक, निर्माण र कलाकार दोहोरिएका छन् । माधव वाग्ले र नरेन्द्र महर्जनको संयुत्त निर्माण रहेको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, सृजना सुब्बा, कर्म, सुशिल पाण्डे, प्रतिकराज न्यौपाने, विपिन कार्की लगायतको अभिनय रहेको छ ।

लुट २ युनिटसँग गरेको  रमाईलो कुराकानी