गठन भएदेखि राजनैतिक भर्ती र खिचातानीको थलो बन्दै आएको चलचित्र विकास बोर्डमा यसपालि पनि पार्टी राजनीति हावी हुनपुगेको छ। सरकारले ११ दिनअघि प्रतिस्पर्धाका आधारमा बोर्ड अध्यक्षका रूपमा फिल्म व्यवसायी तथा निर्मात्री निकिता पौडेललाई नियुक्त गरे पनि बोर्डका सदस्यहरुले राजनैतिक आस्थाकै आधारमा असहयोग गरेका छन्। बोर्डले राखेको दुवै बैठकमा सदस्यत्रय फिल्म व्यवसायी नरेन्द्र महर्जन, कलाकार उत्तम…