‘झ्यानाकुटी’को रिलिज मिति तय (हेर्नुस फस्टलुक पोस्टर)

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री निशा अधिकारी निर्मित सिनेमा 'झ्यानाकुटी'को सार्वजनिक मिति तय भएको छ । सिनेमाको फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले भदौ ८ मितिलाई लक गरेको छ । सार्वजनिक पोस्टरमा सिनेमाकी मुख्य कलाकार बेनिशा हमालले सौगात मल्ललाई काँधमा बोकेकी छन् । सेतो पृष्ठभुमिमा तयार गरिएको पोस्टरभित्र अर्को पोस्टर समावेश गरिएको छ ।…