द सिनेमा टाइम्स, काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत यो साता दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । सुरजसुब्बा नाल्बो निर्देशित ‘रातोघर’ र अराज केशव निर्देशित ‘जालो’ यो साताका नयाँ प्रतिस्प्रधी हुन् ।
प्रदर्शनका लागी हलसम्म आइपुग्दा यी दुई सिनेमाले छुट्टाछुट्टै किसिमको हाइप सिर्जना गरेका छन् । अब छोटकरीमा चर्चा गरौ यी सिनेमाको बारेमा ।
रातोघर: यो सिनेमामा विल्सनविक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठ, भानु प्रताप लगायतका कलाकारको मुख्य भूमिका छ । नेपाल रिलिज भन्दा पहिले देश देखि विदेशमा गरिएको प्रिमिएरमा सिनेमाले एकदम राम्रो प्रतिक्रिया पाएको थियो । सिनेमाले झापा जिल्लामा हुने फरक फरक अपराधिक ग्याङहरुको कथा भन्छ । विशेषगरी सिनेमाको पटकथा र कलाकारको अभिनय पक्षलाई रुचाइएको छ ।
जालो: विश्वरेकर्ड राख्ने लक्ष्यका साथ वनसटमा खिचिएको सिनेमाले शुक्रबार गरिएको ‘प्रेस शो’बाट सकारात्मक प्रतिक्रिया पाएको छ । हेरेका सबैले वनसटमै सिनेमा खिच्नलाई टिमले गरेको परिश्रमको तारिफ गरे । सिनेमामा निर शाह, लक्ष्मी गिरि, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान लगायतका कलाकारको अभिनय छ । सिनेमालाई हरिघले लामाले खिचेका हुन् ।

Comment