द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता, निर्देशक तथा निर्माता भुवन केसीले नेपाली सिनेमाको प्रतिस्पर्धा नेपालीसँग नभई विदेशी सिनेमासँग भएको बताएका छन् । राजधानीमा आयोजित ‘कृ’ ट्रेलर लन्च कार्यक्रममा ‘कृ’को प्रतिस्पर्धा ‘कान्छी’सँग नभई ‘पद्मावती’सँग भएको संकेत गरे । पत्रकारले सोधेको प्रश्न ‘तपाई ‘कान्छी’सँग भिड्न आउनु भयो । अन्तत: ‘कान्छी’ सर्यो । अब तपाईको सिनेमासँग ‘पद्मावती’ आउने…