हलमा ‘माई लभ’ र ‘गोरे’

हलमा ‘माई लभ’ र ‘गोरे’

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता फ्राइडे रिलिज अन्तर्गत दुई सिनेमा प्रदर्शनमा आएका छन् । आज प्रदर्शनमा आएका ‘माई लभ’ र ‘गोरे’ दुवै सामाजिक कथाबस्तुमा निर्माण भएका हुन् । चर्चा गरौ यी दुई सिनेमाको बारेमा:

माई लभ: २०७२ को विनाशकारी भूकम्पले एक व्यक्तिलाई पारेको असर र जापनिज उद्दारकर्ताले भूकम्पताका पुर्याएको योगदानलाई सिनेमामा प्रस्तुत गरिको छ । डा. तोसिआकी इतोहले निर्देशन गरेको सिनेमामा गणेश लामा, शितल शर्मा, रिवन मित्सुतानी लगायतका कलाकारले अभिनय गरेका छन । राम्रै प्रचारप्रसार गरिएको सिनेमालाई गणेश लामाले नै निर्माण गरेका हुन् ।

गोरे: गाउँले कथाबस्तुमा निर्मित सिनेमामा दीलिप राईमाझी र अनु शाहको मुख्य भूमिका रहेको छ । रमेशकुमार राईको निर्देशन रहेको सिनेमामा दीलिप र अनुका अलावा निर्देशक स्वयम्को पनि मुख्य भूमिका छ । सिनेमाका निर्माता सुर्य जिसी हुन् ।

यो साता ‘सुपर गोर्खे’ आउने चर्चा भएपनि चुनाव प्रभावलाई हेर्दै उ हच्किएको छ । मंसीर २१ गते सम्पन्न दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव परिणाम आउने क्रममै छ ।