पहिलो पटक सँगै स्क्रिनमा रेखा र दया, ‘नीरफुल’मा हुनेछ सहकार्य !

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री रेखा थापा र अभिनेता दयाहाङ राईलाई सँगै एकै स्क्रिनमा देख्न पाइने भएको छ । यी दुई स्टारलाई मुख्य भूमिकामा देख्न सकिने 'नीरफुल'को विहिबार अफिसियल घोषणा गरिएको छ । सिनेमालाई संचारकर्मी फुलमान वलले निर्देशन गर्नेछन । निर्देशक वलले धादिङमा रहेको रुवी भ्याली भित्रको पात्रहरु टिपेर कथा तयार गरेको खुलाए ।…