२०७४: बाँकी रिलिज सिनेमा, कुन हेर्ने बनाउनुस् योजना ?

२०७४: बाँकी रिलिज सिनेमा, कुन हेर्ने बनाउनुस् योजना ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०७४ सकिन अब डेढ महिना बढी दिन मात्र बाँकी छन् । यो वर्ष ‘कान्छी’समेत गरेर वितेको १० महिनामा ६५ सिनेमा प्रदर्शनमा आईसकेका छन् । र, १४ सिनेमा रिलिज डेट घोषणा गरेर प्रदर्शन मिति कुरिरहेका छन् । आज हामि रिलिज हुन् बाँकी १४ सिनेमाको बारेमा चर्चा गर्नेछौ ।

फागुन ११: साढे ७ र पन्चेबाजा- यो मितिमा प्रदर्शन हुने यी सिनेमा औसत चर्चामा छन् । ‘पन्चेबाजा’ चल्ने हतियार सौगात मल्ल हुन् । भने, ‘साढे ७’को विषयबस्तु हो । सामाजिक विधामा बनेको ‘पन्चेबाजा’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । भने, फोटो पत्रकारको कथामा निर्मित ‘साढे ७’लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । ‘साढे ७’मा गायक सत्यराज आचार्यको मुख्य भूमिका छ ।

फागुन १७: नाका र ब्लाइन्ड रक्स – छुट्टाछुट्टै जानरामा निर्माण भएका यी दुई सिनेमाको चर्चा पनि औसत नै छ । तर, कन्टेन्ट बोकेका यी दुई सिनेमाको व्यापार ‘वर्ड अफ माउथ’मा भर पर्नेछ । अमित श्रेष्ठ निर्देशित ‘नाका’मा विपिन कार्की मुख्य भूमिकामा छन् । भने, मिलन चाम्स निर्देशित ‘ब्लाइन्ड रक्स’ (बायोपिक)मा बेनिशा हमालले मुख्य भूमिका निर्वाह गरेकी छन् । रोचक कुरा त के छ भने ?, बेनिशा र विपिनले यसअघि ‘कालोपोथी’मा सँगै काम गरिसकेका छन् ।

फागुन २५: मङ्गलम, गाँजा बाजा र हुर्रे: यो मितिमा रिलिज हुने यी तीनै सिनेमा पनि औसत चर्चामा छन् । प्रदर्शन मिति टाढै रहँदा यी तीन सिनेमालाई प्रचारको लागि भरपुर समय छ । नवल नेपाल निर्देशित सिनेमामा शिल्पा पोखरेल, पुष्पल खड्का र पृथ्वीराज प्रसाईको मुख्य भूमिका छ । त्यस्तै गणेशदेव पाण्डे निर्देशित ‘गाँजा बाजा’मा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । भने, यम थापा निर्देशित ‘हुर्रे’मा केकी अधिकारी, अनुपविक्रम शाही र राजाराम पौडेलको मुख्य भूमिका छ ।

चैत २: पंचायत र रोमियो एण्ड मुना – यो मितिमा यी दुई सिनेमाले रिलिज मिति तय गरेपनि ‘रोमियो एण्ड मुना’को रिलिज टुंगो लागेको छैन । रिलिजको लागि १ महिना बाँकी हुँदा ‘रोमियो एण्ड मुना’ प्रचारमा नउत्रिए पनि ‘पंचायत’ले भने प्रचारलाई व्यापक बनाउदैछ । मौलिक स्वादमा निर्माण गरिएको भनेको ‘पंचायत’लाई शिवम अधिकारीले निर्देशन गरेका हुन् । भने, प्रेमकथामा निर्मित ‘रोमियो एण्ड मुना’लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । भने, ‘पंचायत’मा निता ढुंगाना र सरोज खनालको मुख्य भूमिकामा छन् ।

चैत ९: शत्रु गते- ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई निर्देशित ‘शत्रु गते’ यो वर्षको प्रतिक्षित सिनेमा हो । कमेडी जानरामा निर्मित सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका अलावा दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्माको पनि मुख्य भूमिका छ ।

चैत १६: ह्याप्पी डेज – यो मितिमा ‘ह्याप्पी डेज’ अहिलेसम्म सोलो छ । प्रदर्शनको लागि महिना दिन बाँकी हुँदा यो मितिमा अन्य सिनेमा नआउलान भन्न सकिन्न । दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ता मुख्य भूमिका रहेको सिनेमालाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

चैत २३: तिमि सँग – साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर सिनेमा गीतहरु हिट भैसकेका कारण रिलिजसम्म यसको हाइप बढ्न सक्छ । शिशिर राना निर्देशित सिनेमामा साम्राज्ञीका अलावा आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका छ ।

चैत ३०: लिलिबिली र नेप्टे – प्रदीप खड्का स्टारर ‘लिलिबिली’ यो वर्षको अन्तिम प्रतिक्षित सिनेमा हो । यो सँगै चैत ३० मा दयाहाङ राई स्टारर ‘नेप्टे’ले पनि रिलिज मिति तय गरेको छ । यो मितिमा यदि यी दुई सिनेमा रिलिज भएमा प्रदीप र दयाहाङको स्टारडमको रोचक भिडन्त हुनेछ । प्रदीपसँगै जसिता गुरुङ र प्रियंका कार्कीको केन्द्रिय भूमिका रहेको सिनेमालाई मिलन चाम्सले निर्देशन गरेका हुन् । देवकुमार श्रेष्ठ निर्देशित ‘नेप्टे’मा दयाहाङका अलावा बुद्दी तामाङ र छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको छ ।