ऋचाको ‘सुपर गोर्खे’ ट्रेलर रिलिज

ऋचाको ‘सुपर गोर्खे’ ट्रेलर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – राज थापा निर्देशित सिनेमा ‘सुपर गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ । बैशाख ७ गते प्रदर्शन हुने सिनेमाको ट्रेलरमा देशभक्ति भावना, कमेडी र द्वन्दका दृश्यहरुलाई प्राथमिकता दिइएको छ ।

अबिर हाउस प्रालिको प्रस्तुति रहेको ‘सुपर गोर्खे’मा ऋचा सिंह ठकुरीको लगानीसँगै मुख्य भूमिका छ । सिनेमामा ऋचासँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको सिनेमामा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ ।