अपडेट: यसरी भयो श्रीदेवीको निधन, आज अन्तेष्टि हुँदै

अपडेट: यसरी भयो श्रीदेवीको निधन, आज अन्तेष्टि हुँदै

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – आइतबार भारतीय ‘चन्द्रमा’ श्रीदेवीले संसार छोडीन् । श्रीदेवीको निधनले अहिले सारा भारत शोकमा डुबेको छ । बलिउडकी पहिलो महिला सुपरस्टारको दर्जा पाएकी श्रीदेवीले तलेगु, मलायलम लगायत सिनेमा क्षेत्रमा उत्तिकै प्रभाव परेकी थिइन् ।

भान्जाको विहेमा दुबई पुगेकी श्रीदेवीको अब शव मात्र भारत आउनेछ । निधन भएको दोस्रो दिन सारा बलिउड उनको पार्थिव शरीर प्रतिक्षा गरिरहेको छ । पोस्टमार्टमको रिपोर्ट पनि आईसकेको छ । दुबई प्रहरीले बताए अनुसार श्रीदेवीको पोस्टमार्टम रिपोर्ट भारतीय उच्चआयोगलाई प्राप्त भैसकेको छ । आज साँझसम्म श्रीदेवीको शवलाई मुम्बई ल्याइने भारतीय मिडियाले लेखेका छन् ।

यसरि भयो निधन:

स्थानीय पत्रिका खलिज टाइम्सले लेखे अनुसार शनिबार साँझ करिब ५:३० मा बोनी कपूर दुबईको जुमैरा अमिरात टावर्स होटल पुगेका थिए । जहाँ श्रीदेवी पहिलेदेखि नै थिइन् । होटलको रूम पुगेर बोनीले श्रीदेवीसँग करिब १५ मिनेट कुरा गरे । त्यसपछी उनिहरु डिनरको लागि निक्लेका थिए । केहि बेरमै श्रीदेवी बाथरुम गइन् । आफ्नै रूमको बाथरूमबाट १५ मिनेटसम्म श्रीदेवी ननिक्लिए पछी बोनीले ढोका ढकढक्याए । भित्रबाट केहि जवाफ नआए पछी जसो तसो बोनीले ढोका खोले ।

१५ मिनेट अगाडी बाथरूम छिरेकी श्रीदेवीको अवस्था देखेपछी बोनीको होसहवास उड्यो । उनि पानिले भरिएको नुहाउने ‘टब’मा बेहोसी अवस्थामा लडिरहेकी थिइन् । बोनीले उनलाई होसमा ल्याउने प्रयास गरेपनि असफल रहे । त्यसपछी बोनीले आफ्नो साथिलाई बोलाए । उनको साथिले ९ बजे पुलिसलाई बोलाए । तर, त्यतिन्जेलसम्म श्रीदेवीले संसार छोडीसकेकी थिइन् ।

अस्पताल पुर्याउनु भन्दा पहिलेनै श्रीदेवीले प्राण त्यागिसकेका कारण पोस्टमार्टम गर्नु परेको अस्पतालले बताएको छ ।

अमिताभ र ऋषिको छायाँकन रोकियो:

आइतबार श्रीदेवीको निधन भएपछी, सोमबारका लागि अमिताभ बच्चन र ऋषि कपूरको मुख्य रहको सिनेमा ‘१०२ नट आउट’को छायाँकन स्थगन गरिएको छ । सोमबार सिनेमाको एक गीतको छायाँकन सेड्युल थियो । यसका निर्देशक उमेश शुक्लाले श्रीदेवी   श्रद्धांजलिस्वरूप छायाँकन स्थगन गरेको जानकारी दिए ।

पुरानो बंगलामा श्रीदेवीको अन्तिम दर्शन गर्न पाइने:

सुत्रका अनुसार श्रीदेवीको अन्तिम दर्शनका लागि उनको पार्थिव शबलाई पुरानो बंगला ‘भाग्य बंगला’मा राखिने भएको छ । त्यहाँ उनको अन्तिम तयारी भैरहेको छ । बंगलालाई पुरै सेतो कपडाले घेरिएको छ । त्यहाँ उनका आफन्त, बलिउडका दिग्गज, साथीभाई, राजनीतिज्ञ र पत्रकारहरुको उपस्थिति रहनेछ । र, आजै उनको अन्तेष्टि गरिने बताईएको छ ।

भारतीय अभिनेत्री श्रीदेवीको निधन !

‘लेडी अमिताभ’को मृत्यु अघि नै अमिताभलाई थियो आभास ?