नयाँ कलाकारका अगाडी सलमान, सोनाक्षी, कट्रिना फिक्का !

नयाँ कलाकारका अगाडी सलमान, सोनाक्षी, कट्रिना फिक्का !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यसै साता दुई बलिउड सिनेमा ‘वेलकम टू न्युयोर्क’ र ‘सोनु के टिटु की स्विटी’ प्रदर्शनमा आए । प्रदर्शनको पाँच दिनसम्म ‘सोनु के टिटु की स्विटी’ले बक्सअफिसमा कमाल कमाई गरिरहेको छ । भने, ‘वेलकम टु न्युयोर्क’ प्राय: जसो पर्दाबाट उत्रिएको छ ।

वेलकम टु न्युयोर्क: सोनाक्षी सिन्हा, करण जोहर, रितेश देशमुख, दिलजित दोसाँझ, लारा दत्त, राना दग्गुबती, सलमान खान, कट्रिना कैफ, सुशान्त सिंह राजपुत, बोमन इरानीजस्ता सुपरस्टारले अभिनय गरेको ‘वेलकम टु न्युयोर्क’ले प्रदर्शनमा पाँच दिनमा ५ करोड पनि कमाउन सकेन ।

कमेडी जानरामा निर्मित सिनेमालाई दर्शक र समिक्षकले झुर भनेका छन् । चक्री टोलेटि निर्देशित सिनेमा ३५ करोडको बजेटमा निर्माण भएको हो । पहिलो साता नपुग्दै सिनेमा भारतका अधिकाँस हलबाट उत्रीसकेको भारतीय मिडियाहरुले लेखेका छन् ।

सोनु के टिटु की स्विटी: ‘प्यारका पंचनामा’ र ‘प्यारका पंचनामा २’ निर्देशन गरेर सफलता कमाएका लभ रंजनले यस सिनेमाको निर्देशन गरेका हुन् । दर्शक र समिक्षकबाट वाहवाहि पाएको सिनेमाले पाँच दिनमा उल्लेखनीय व्यापार गरेको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सिनेमाले पाँच दिनमा साढे ३६ करोडको व्यापार गरेको छ ।

४० करोडको बजेटमा निर्माण भएको यस सिनेमाले पहिलो साता नै लगानी रिकभर गर्ने संकेत देखाएको छ । कार्तिक आर्यन, नुश्रत भरुचा, सन्नी सिंह नुज्जर, आलोक नाथजस्ता नयाँ कलाकारको अभिनय रहेको सिनेमाको बक्सअफिस सफलतामा यसको संगीत हतियार बन्यो । सिनेमाका सार्वजनिक गरिएका गीतहरु चार्टबस्टरमा हिट छन् ।