लभ रंजनको सिनेमा सय करोड क्लबको ६१ औं सदस्य

लभ रंजनको सिनेमा सय करोड क्लबको ६१ औं सदस्य

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमाले भारतमा मात्र १ अर्व अर्थात् सय करोड माथिको बिजनेस गर्न लागेको झन्डै १० वर्ष पुगिसकेको छ । सन् २००८ मा रिलिज भएको ‘गजिनी’ पहिलो सय करोड कमाउने सिनेमा हो । त्यसयता बलिउडका ६० सिनेमाले यो क्लबको उचाई नापिसकेका छन् ।

केहि प्रतिक्षित र आशा गरिएका सिनेमाले सय करोड क्लबमा इन्ट्री मार्न सकेनन्, भने कति नसोचिएका सिनेमाले यो क्लबमा इन्ट्री गर्दै सबैलाई आश्चर्यमा पारे । यस्तै एउटा अर्को सिनेमाले सय करोड क्लबमा इन्ट्री गर्दै सबैलाई चकित तुल्याएको छ । २३ फेब्रुअरीमा रिलिज भएको ‘सोनु के टिटू की स्विटी’ले प्रदर्शनको २५ दिनमै यस क्लबमा इन्ट्री मारेको छ । साथै, २०१८ को सर्वाधिक कमाउने दोस्रो सिनेमा र दोस्रो सय करोड क्लबको सदस्य बन्न सफल भयो ।

‘प्यारका पंचनामा’ सिरिज बनाएर सफलता प्राप्त गरेका निर्देशक लभ रंजनले यो सिनेमालाई निर्देशन गरेका हुन् । यो सय करोड क्लबको ६१ औं सदस्य हो ।

यो सिनेमाले पहिलो साता ४५.९४ करोड, दोस्रो साता २९.७७ करोड, तेस्रो साता १७.९३ करोड र चौथों साता ६.४६ करोड (चार दिनमा) भारु कलेक्सन गरिसकेको छ । यस सिनेमामा कार्तिक आर्यन, नुसरत भरुचा र सन्नी सिंह निज्जरको मुख्य भूमिका छ ।