‘शत्रु गते’ ट्रेलर पहिलो नम्बरमा !

‘शत्रु गते’ ट्रेलर पहिलो नम्बरमा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार सार्वजनिक ‘शत्रु गते’को ट्रेलर युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा आईपुगेको छ । वर्षकै प्रतिक्षित सिनेमाको ट्रेलर युट्युबमा रिलिज भएको केहि घण्टामै ट्रेन्डीङ टप १० नम्बर भित्र पर्न सफल भएको थियो ।

यो समाचार तयार गर्दासम्म ट्रेलरलाई ३ लाख ६२ हजार भन्दा बढी हेरिएको छ । ट्रेलरलाई लिएर युट्युबमा सकारात्मक कमेन्ट बर्षा भएका छन् ।

मल्टीस्टार, गीत/संगीत र टिजरले गर्दा ‘शत्रु गते’ पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई निर्देशित सिनेमा चैत ९ गते अलनेपाल रिलिज हुदैछ ।

सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका अलावा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।