संजयको बायोपिकमा सलमानको भूमिका !

संजयको बायोपिकमा सलमानको भूमिका !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यस वर्ष प्रदर्शनमा आउने प्रतिक्षित बलिउड सिनेमाको लिस्टमा संजय दत्तको जीवनीमा बनिरहेको सिनेमा पनि छ । यो सिनेमालाई राजकुमार हिरानीले निर्देशन गरिरहेका छन् । जो संजयका नजिकको मित्र पनि हुन् ।

सुत्रले बताए अनुसार यो बायोपिकबाट संजयको जीवनीमा लुकेर रहेका केहि घटनाहरु बाहिरिने छन् । सिनेमामा संजयको भूमिका रणवीर कपूरले निर्वाह गरेका छन् । भने, सोनम कपूर, दीया मिर्जा मनिषा कोइराला लगायतले यस बायोपिकमा अभिनय गरेका छन् ।

संजयको लाइफमा सलमान खान पनि जोडिएका छन् । सलमान कुनै समय संजयका फ्यान थिए । र, संजयको ‘हेयर स्टाइल’समेत सलमानले नक्कल गरेका थिए । यसको उदाहरण ‘साजन’ हो । संजयको प्रेरणाले नै सलमानले जिम सुरु पनि गरेका थिए । र, अहिलेसम्म सलमान र संजयको दोस्ती जमिरहेको छ ।

के अब संजयको बायोपिकमा सलमानको भूमिकाले पनि स्थान पाउला त ? एकदमै, अभिनेता जिम सरभले सिनेमामा सलमानको भूमिका निर्वाह गरेका छन् । उनको लामो भूमिका भने सिनेमामा नरहेको बताईएको छ ।

जिमले ‘निरजा’ र ‘पद्मावत’मा निर्वाह गरेको भूमिकाबाट चौतर्फी तारिफ बटुलीसकेका छन् । ‘पद्मावत’मा जिमले मलिक काफुरको भूमिका निर्वाह गरेका छन् । तर, जिमले यस बायोपिकमा सलमानको भूमिका निर्वाह नगरेको बताउदै आएका छन् । यस बारेमा निर्माण टिमले केहि भनेको छैन ।

हाल पोस्टप्रोडक्सनमा रहेको सिनेमा यहिँ वर्षको २९ जुन मा प्रदर्शन हुनेछ ।