‘झोला’ पछीको मौलिक नेपालीपन ‘पंचायत’- शिवम अधिकारी

‘झोला’ पछीको मौलिक नेपालीपन ‘पंचायत’- शिवम अधिकारी

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २ गते प्रदर्शनमा आउने सिनेमा ‘पंचायत’ले मौलिक कथालाई उठाएको छ । जुन कथा अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको ‘सान्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा विदेशी भाषाका २१६ वटा सिनेमालाई पछी पर्दै उत्कृष्ट ठहरिएको थियो । त्यस्तै फेस्टिवलमा ‘पंचायत’मा मुख्य भूमिका निर्वाह गरेकी निता ढुंगानाले उकृष्ट अभिनेत्री अवार्डसमेत जितेकी थिइन् ।

प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण पक्षले सिनेमाका केहि तस्विरहरु सार्वजनिक गरेको छ । जहाँ सिनेमाको मौलिक सेटिङको झ-झल्को पाउन सकिन्छ ।

निर्देशक शिवम अधिकारीले ‘झोला’ पछी नेपाली दर्शकले ‘पंचायत’मा मौलिक स्वाद र परम्पराको अवलोकन गर्न पाउने बताए । ‘दर्शकले ‘झोला’पछि मौलिक नेपालीपनको सिनेमा हेर्न पाएका छैनन् । त्यो भोक अब ‘पंचायत’ले मेटाउने छ । पचास वर्ष अघिको शासनकाल जुन आफैंमा एकतन्त्रिय थियो । त्यसभित्रको नदेखिएको र नलेखिएको कथा पंचायतमा छ, नेपालीपन, मौलिकता र पुरानो व्यबस्थामा आधारित सिनेमालाई दर्शकले पक्कै न्याय गर्नुहुन्छ ।’

त्यस्तै निताले ‘पंचायत’लाई विशेष सिनेमाको रुपमा हेरेकी छन् । उनि भन्छिन् ‘सिनेमा ‘मसान’पछि सबैभन्दा बढी तारिफ पाएको सिनेमा ‘पञ्चायत’ हो, जसले मलाई विश्वकै उत्कृष्ट अवार्ड दिलायो, फिल्मले कस्तो भाव बोकेको छ भन्ने त्यसैबाट झल्किन्छ ।’

५० वर्ष अगाडीको सामाजिक संरचना र उक्त समयका किशोरीहरुको यौन मनोबिज्ञानलाई समाजले हेर्ने दृष्टिकोण माथि निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रवी अधिकारी हुन् ।

‘पंचायत’मा निताका अलावा सरोज खनाल, रुपा राना, गणेश गिरी, जाहन्वी बस्नेत, गीता अधिकारी, विशाल पहाडी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमामा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ । गणेश गिरी प्रस्तुतकर्ता रहेको ‘पंचायत’को निर्मातामा सुशान्त कुमार श्रेष्ठ र शंकर प्रसाद सुवेदी छन् । भने, सहनिर्मातामा मेनुका प्रधान रहेकी छन् ।