एकदिन अगाडी नै ‘पद्मावत’, कलाकार प्रचारमा नआउने

एकदिन अगाडी नै ‘पद्मावत’, कलाकार प्रचारमा नआउने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – संजयलीला भन्साली निर्देशित सिनेमा ‘पद्मावत’ विवादका वावजुत जनवरी २५ मा रिलिज कन्फर्म भैसकेको छ ।

सिनेमाको रिलिज नजिक हुँदा निर्माण टिम भने यसको प्रचारमा देखिएको छैन । र, खबरका अनुसार रणवीर सिंह, दीपिका पादुकोण र साहिद कपूर सिनेमाको प्रचारमा लाग्ने छैनन् । किनकी, ‘पद्मावत’ टिम अब विवादमा फस्न चाहदैन । त्यसैले प्रचारमा कलाकार उत्रिदा पुन: विवाद सिर्जना हुन् सक्ने डर टिमलाई रहेको छ । उसो त ‘पद्मावत’ पुर्वनिर्धारित मितिमा रिलिज नहुनाले सिनेमाका मुख्य कलाकारहरु नयाँ सिनेमाको काममा जुटीसकेका छन् ।

एकदिन अगाडी नै रिलिज: २५ जनवरी प्रदर्शन मिति तोकेको सिनेमा भारतमा भने २४ जनवरीको रात्री शो (९ बजे)बाटै सार्वजनिक हुने बताईएको छ । विवादका कारण निर्मातालाई ठुलै घाटा परेको र, राहतका निम्तित सिनेमाको (पेड प्रिभ्यु) गरिन लागेको हो । अब सिनेमाको पहिलो शो २४ तारिख मै हुनेछ । तर, ओभरसिज रिलिजको बारेमा बताईएको छैन ।

चार राज्यमा प्रतिबन्ध: सेन्सर बोर्डले केहि संशोधन गर्न लगाएर रिलिजको अनुमति दिए पनि भारतका केहि राज्यमा ‘पद्मावत’प्रति अझै विरोध रहेको छ । त्यसैले गुजरात, राजस्थान, उत्तर प्रदेश र हरियाणामा प्रतिबन्धित गरिएको छ ।

भारी बजेट: ठुलो क्यानभासमा निर्माण गरिएको ‘पद्मावत’को बजेट २ सय करोड बताईएको थियो । तर, यो २ सय ५० करोड माथीको बजेटमा निर्माण भएको भारतीय मिडियाहरुले समाचार सम्प्रेषण गरेका छन् । निर्माण टिमले गलत सुचना दिएको केहि मिडियाको आरोप छ । यसबारे ‘पद्मावत’ टिम मौन रहेको छ ।

प्याडम्यानसँग कडा टक्कर: ‘पद्मावत’ले बक्सअफिसमा अक्षय कुमारको ‘प्याडम्यान’सँग भिडन्त गर्नुपर्नेछ । ‘प्याडम्यान’ले ८० देखि सय करोडको बीच कमाई गर्ने भारतीय ट्रेड एनलिस्टहरुको अनुमान रहेको छ । यसो हुँदा ‘पद्मावत’लाई ६० करोड बढी घाटा लाग्नेछ । ‘पद्मावत’ले लगानी रिकभर गर्न २ सय ५० करोड माथीको व्यापार गर्नुपर्नेछ । ‘पद्मावत’ चार राज्यमा प्रतिबन्ध हुँदा ‘प्याडम्यान’लाई फाइदा प्रत्यक्ष फाईदा भएपनि ‘पद्मावत’ले ओभरसिजबाट राम्रो कलेक्सन गर्न सक्नेछ ।