युट्युबमा करोड, हलमा करोडौ ?

युट्युबमा करोड, हलमा करोडौ ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय नेपाली सिनेमाका गीतलाई युट्युबमा दर्शकले अत्याधिक हेर्ने गर्छन । त्यसैले सिनेमा रिलिज हुनु भन्दा अगाडी नै गीतलाई युट्युबमा करोडौ पटक हेरिन्छ । यसले रिलिज हुन् बाँकी सिनेमा चर्चासँगै बक्सअफिस सफलताको लागि आशाको ढोका खोलिदिन्छ ।

यसको पछिल्लो उदाहरण हुन्, ‘दुई रुपैयाँ, ‘छक्का पन्जा २’, र ‘कान्छी’ । यी सिनेमामा समावेश गीतले सिनेमा रिलिज अगावै १ करोड भ्युज कमाउदा बक्सअफिसमा सकारात्मक असर पर्यो । अब चैत ९ गते रिलिज हुने ‘शत्रु गते’ले पनि यहिँ आशा देखाएको छ । त्यस्तै फागुन २५ मा रिलिज हुने ‘मङ्गलम’को गीतले पनि अगावै १ करोड भ्युज प्राप्त गरेको छ । रिलिजको मुखमै गीतको सफलताले ‘मङ्गलम’को हाइप अवश्य बढाएको छ ।

नेपालमा कुनै पनि भिडियोले करोड भ्युज पार गर्नु, त्यो आफैमा सफलता हो । यसले गीत र सम्बन्धित व्यक्ति/तत्वको चर्चा हुनुका साथै आमसंचारका माध्यममा पनि स्थान दिन्छ । अझ भन्नु पर्दा सिनेमाका लागि त यो किसिमको सफलताले अहम भूमिका खेल्छ ।

अब ‘शत्रु गते’ र ‘मंगलम’को बक्सअफिस रिपोर्टमा, सिनेमा रिलिज अगावै गीत/संगीतको सफलताले कति असर पार्दछ भन्ने कुरा पुष्टि गर्नेछ ।

हिन्दि एउटा डाइलग छ ‘गाने हिट तो पिक्चर सुपरहिट’ । पछिल्लो समय बक्सअफिसमा सफल सिनेमाले गीत/संगीतलाई दर्शक तान्ने बलियो हतियार बनाएका छन् ।

यो वर्षका रिलिज भएका ‘प्रेमगीत २’, ‘म यस्तो गीत गाउँछु’, ‘ए मेरो हजुर २’, ‘छक्का पन्जा २’, ‘दुई रुपैयाँ’, ‘मिस्टर झोले’, ‘कान्छी’, ‘कृ’, ‘ऐश्वर्य’, ‘फाटेको जुत्ता’, ‘घामपानी’ जस्ता सिनेमाले गीत/संगीतबाटै हाइप बनाएका थिए । र बक्सअफिसमा सकारात्मक नतिजा ल्याएका थिए ।