शिर्ष स्थानमा ‘लिलिबिली’ ट्रेलर !

शिर्ष स्थानमा ‘लिलिबिली’ ट्रेलर !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप खड्का, प्रियंका कार्की, अनुपविक्रम शाही स्टारर सिनेमा ‘लिलिबिली’को ट्रेलर युट्युब ट्रेन्डीङको पहिलो स्थानमा उक्लिएको छ ।

रिलिज भएको तेस्रो दिनमा शिर्ष स्थान कब्जा गरेको ट्रेलरलाई भ्युअरबाट राम्रै प्रतिक्रिया मिलिरहेको छ । यस वर्ष रिलिज हुने अन्तिम प्रतिक्षित सिनेमामा डेब्यु गर्ल जसिता गुरुङ र अभिनेता सविन श्रेष्ठको पनि मुख्य भूमिका छ ।

मिलन चाम्स निर्देशित सिनेमा चैत ३० देखि अलनेपाल रिलिज हुदैछ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।