लम्फु गीत: तरकारीवाली परिन कसको प्रेममा ?

लम्फु गीत: तरकारीवाली परिन कसको प्रेममा ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २८ गतेबाट रिलिज हुने सिनेमा ‘लम्फु’को पहिलो भिडियो गीत ‘सँगै जिउने सँगै मर्ने’ रिलिज भएको छ । केहि दिन पहिले रिलिज गरिएको यो गीतको अडियोलाई दर्शकले निकै रुचाएका थिए । गीतमा सिनेमाका मुख्य कलाकार कविर खड्का, मरिष्का पोखरेल, कुशुम श्रेष्ठ (तरकारीवाली), चाँदनी शर्मा र सञ्जित भण्डारीलाई फिर्चड गरिएको छ । भने, गीतलाई रामजी लामिछानेले कारियोग्राफी गरेका छन ।

अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुरेश लामा र अप्सरा घिमिरेको स्वर छ । ‘लम्फु’का सम्पुर्ण गीतमा अर्जुन पोखरेलको संगीत छ । गोपालचन्द्र लामिछानेको निर्देशन रहेको सिनेमालाई पपुलर मल्टीमीडियाको व्यानरमा शक्तिबल्दव घोरासैनीले निर्माण गरेका हुन ।

‘लम्फु’मा माथि उल्लेखित कलाकारका अलवा सलोन वस्नेत, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय छ । यो सिनेमामा एक युवाको जिवनमा नचाहेरै आईपर्ने विभिन्न उतारचढाव देखाइएको निर्देशक लामिछानेले बताएका छन् । भूपतिको लेखन रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन र पुनम गौतमले कस्ट्युम डिजाईन रहेको छ ।