सिनेमाको पोस्टरमा ‘तरकारीवाली’, ‘लम्फु’ पोस्टर रिलिज

सिनेमाको पोस्टरमा ‘तरकारीवाली’, ‘लम्फु’ पोस्टर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २८ लाई रिलिज मिति तय गरेको सिनेमा ‘लम्फु’का तीन पोस्टर सार्वजनिक गरिएको छ । मुख्य कलाकारहरुलाई स्थान दिईएका पोस्टरले सिनेमा कमेडी जानरामा बनेको सङ्केत गर्छ ।

सलोन बस्नेत, कबिर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, संजीत भण्डारीसँगै पोस्टरमा ‘तरकारीवाली’ कुशुम श्रेष्ठलाई समावेश गरिएको छ । उनले सेतो गुलाव लिएकी छन् । सिनेमाका पोस्टरहरु टौवा क्रियसनले तयार गरेको हो ।

अर्जुन पोखरेलद्वारा संगीतवद्द चार गीतको अडियो सार्वजनिक गरेको ‘लम्फु’ टिमले छिट्टै भिडियो पनि सार्वजनिक गर्ने बताएको छ । सार्वजनिक चार गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

एक युवाको जीवनमा आईपर्ने अकल्पनीय घटनाहरु प्रस्तुत गर्ने सिनेमालाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । समय र परिस्थितिले कसरि मानिसलाई नायक र खलनायक बनाउछ भन्ने कुरा सिनेमामा देखाईएको निर्देशकले बताए ।

पपुलर मल्टीमिडियाको व्यानरमा शक्तिवल्लभ घोडासैनीले निर्माण गरेको सिनेमामा भूपतिको लेखन छ । सिनेमामा दीपक बज्राचार्यको छायाँकन, हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी रहेको छ ।