मरिश्का दोधारमा परेपछी…! (भिडियो)

मरिश्का दोधारमा परेपछी…! (भिडियो)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘लम्फू’को दोश्रो गीत सार्वजनिक भएको छ । दुर्गा खरेलको एकल स्वर रहेको गीतमा मरिश्का पोखरेल र नवनायक कबिर खड्का फिचरिङ छन् ।

नरेश भट्टराईले लेखेको ‘दोधारमा परें म…’ बोलको शिर्षकमा अर्जुन पोखरेलको संगीत छ । गीतको कोरियोग्राफी शिव बिकले भरेका हुन् । एक युवतीले आफ्नो वैवाहिक जीवनलाई कस्तो बनाउने भन्ने मनोभाव गीतबाट व्यक्त गरिएको छ ।

गोपालचन्द्र लामिछाने निर्देशित सिनेमामा कबिर र मरिश्काका अलावा सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । यस सिनेमामा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय छ ।

बैशाख २८ गते रिलिज हुने ‘लम्फू’मा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

सिनेमामा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन र पुनम गौतमको कस्ट्युम डिजाइन रहेको छ ।