कपिल शर्माको पुनरागमन, यस्तो छ शोको नाम

कपिल शर्माको पुनरागमन, यस्तो छ शोको नाम

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय टेलिभिजनका चर्चित कमेडियन कपिल शर्मा ६ महिना पछी पुन: टेलिभिजनको पर्दामा आउने भएका छन् ।

केहि समय अगाडी मात्र सोनी टेलिभिजनमा कपिलले नयाँ शो तयारी गरिरहेको टिजर सार्वजनिक गरेका थिए । तर, कुन शो लिएर आउछन भन्ने जानकारी दिईएको थिएन् ।

‘भ्यालेन्टाइन डे’का दिन कपिलले आफ्नो इन्स्टा अकाउन्टबाट नयाँ शोको नाम सार्वजनिक गरेका छन् । ‘नीड यौर बेस्ट विसेस, कमिङ सून’ लेख्दै उनले ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ शिर्षकसहितको फोटो पोस्ट गरेका छन् ।

 

need ur best wishes 🙂 coming soon ?

A post shared by Kapil Sharma (@kapilsharma) on

भारतीय मिडियाले लेखे अनुसार यस शोको छायाँकन भैसकेको छ । र, शोसँग अधिल्लो शोजका कलाकारहरु पनि छन् । तर, कुन-कुन कलाकार दोहारिएका छन् ? त्यो खुलाईएको छैन ।

६ महिनापछी टेलिभिजनको पर्दामा फर्किन लागेका कपिलले विचको समयमा निक्कै तनाव झेल्नुपर्यो । ब्लड क्यान्सरबाट ग्रसित कपिलको रिस र डिप्रेसनले अघिल्लो शो ‘द कपिल शर्मा शो’ बन्द गर्नु परेको थियो । नसाको लत बढेपछी कपिल बेन्गलुरुको एक सुधार केन्द्रमा पनि भर्ना भएका थिए ।

त्यस लगतै कपिल अभिनित तथा निर्मित ‘फिरंगी’ सिनेमा प्रदर्शनमा आयो । तर, उक्त सिनेमाले बक्सअफिसमा पानि भन्न पनि पाएन । अब भने, यो नयाँ शोबाट कपिल पुन: पहिलेकै अवस्थामा पुग्ने प्रयास गरिरहेका छन् ।