किन अवार्ड समारोहमा पुग्दैनन् आमिर ?

किन अवार्ड समारोहमा पुग्दैनन् आमिर ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका ‘मिस्टर पर्फेक्टस्निस्ट’ आमिर खान आजबाट ५३ वर्षमा लागेका छन् । बलिउडका तिन खान मध्ये आमिर सर्वाधिक प्रभावशाली मानिन्छन ।

आमिरको पुरा नाम महोमद आमिर हुसेन खान हो । तर, अमिरका बुबाआमाले कनैह्यालाल भनेर बोलाउथे । किनकी बाल्यकालमा आमिर केटिहरुको बीचमा ज्यादा रमाउथे । सन् १९६५ मा बुबा ताहिर हुसेन र आमा जीनत हुसेनको कोखबाट जन्मिएका आमिरले रीना दत्त र किरण रावसँग विवाह गरे । सन् १९८६ मा रीनासँग विवाह गरेका आमिरले २००२ मा डिभोर्स गरे । त्यसको तिन वर्ष पछी किरण रावसँग दोस्रो विवाह गरे । पहिलो पत्नीबाट २ र दोस्रो पत्नी १ बच्चा छन् ।

किन अवार्ड समारोहमा पुग्दैनन् आमिर ?

सन् १९९० मा आमिरको ‘दिल’ प्रदर्शन भयो । त्यहिँ वर्ष सनी देवलको ‘घायल’ पनि प्रदर्शन भएको थियो । दुबै अभिनेता फिल्म फेयर अवार्डको मनोनयनमा थिए । उक्त अवार्ड आमिरले आफैले पाउनेमा विश्वस्त थिए । तर, अवार्ड सनीको नाममा गयो । यहिँ कुराले आमिरलाई दुखि बनायो । त्यसपछी आमिर कुनै पनि अवार्ड समारोहमा उपस्थित भएनन् ।

उसो त आमिर फिल्म फेयर अवार्डमा १७ पटक मनोनित भएका छन् । भने, ५ पटक जितिसकेका छन् ।

बक्सअफिसका राजा: बलिउड बक्सअफिसलाई नयाँ उचाई दिने आमिर खान हुन् । पहिलो पटक आमिरको ‘गजनी’ले सय करोड क्लबमा इन्ट्री गरेको थियो । त्यस्तै २ सय करोड क्लबको सुरुवात आमिरकै ‘थ्री इडीइट्स’ले गरेको थियो । ३ सय करोड क्लबको सुरुवात पनि आमिरकै ‘पिके’ले गर्यो ।

त्यस्तै चिनमा बलिउड सिनेमाको बजार बिस्तार गर्ने पनि आमिर नै हुन् । चिनमा सर्वप्रथम आमिरको ‘थ्री इडीइट्स’ रिलिज भएको थियो । त्यस पश्चात बलिउडबाट ‘धूम ३’, ‘पिके’, ‘दंगल’, ‘सेक्रेट सुपरस्टार’ र ‘बजरंगी भाइजान’ प्रदर्शन भैसकेका छन् ।

करियर: ८ वर्षकै उमेर देखि अभिनय गर्न थालेका आमिरले ‘यादौं कि बारात’, ‘मदहोश’, ‘होली’जस्ता सिनेमा गरे । पहिलो पटक मुख्य भूमिकामा ‘कयामत से कयामत तक’मा काम गरे । १९८८ मा रिलिज भएको उक्त सिनेमा सुपरहिट बन्यो । आमिरले ४० बढी बलिउड सिनेमामा अभिनय गरेका छन् । कम सिनेमा खेलेपनि प्राय: सम्झन लायक छन् । आमिरले पहिलो पटक ‘तारे जमिन पर’ निर्देशनसमेत गरे ।

आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ प्रदर्शनको क्रममा छ । जुन सिनेमा बलिउड सिनेमाको इतिहाँसकै महँगो बजेटमा निर्माण हुदैछ ।