दुई निर्देशकको ‘गरुड पुराण’मा को-को कलाकार ?

दुई निर्देशकको ‘गरुड पुराण’मा को-को कलाकार ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘गरुड पुराण’ बन्ने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गरि कमेडी जानरामा निर्माण हुने सिनेमाको बारेमा जानकारी दिइयो ।

सुशन प्रजापति र सुवास कोइरालाको संयुक्त निर्देशन रहने सिनेमामा कामेश्वर चौरसिया, कर्मा, प्रविन खतिवडा, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुभिना तुलाधर, प्रकाश घिमिरे, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।

कसम नेपालको कथा रहेको ‘गरुड पुराण’मा आकाश बराल, विनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहनेछ । अजित प्रजापति निर्माता रहेको सिनेमा अजित फिल्मस् र अशोक गौतम फिल्मस्को व्यानरमा निर्माण हुनेछ । सिनेमाको सहनिर्मातामा अशोक गौतम रहेका छन् ।

काठमाडौँ र आसपासका क्षेत्रमा छायाँकन हुने सिनेमालाई निर्देशक सुशनले नै खिच्नेछन् । सिनेमामा उज्जल ढकालको सम्पादन रहनेछ ।