२४ घण्टामा सर्वाधिक हेरिएका ५ ट्रेलरहरु

२४ घण्टामा सर्वाधिक हेरिएका ५ ट्रेलरहरु

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – तीव्र गतिमा बढिरहेको इन्टरनेट संजाल र बढ्दो युवा जनसंख्याका कारण नेपालमा युट्युब प्रयोगकर्ता संख्यामा पनि वृद्धि भैरहेको छ । यसको उदाहरण पछिल्लो समय ट्रेन्डीङमा पर्ने गरेका भिडियोहरु हुन् ।

गत वर्ष मात्र रिलिज भएको सिनेमा ‘छक्का पन्जा’ ट्रेलरले २४ घण्टामा करिब डेढ लाख भ्युज पाएर रेकर्ड राख्यो । तर, यो एक वर्षको अवधिमा २४ घण्टे भ्युज अघिल्लो वर्षको तुलनामा ५ गुणा बढी बढेको छ । केहि दिन अगाडी रिलिज भएको ‘कृ’ले २४ घण्टामा ६ लाख ३३ हजार बढी भ्युज पायो । अबको केहि महिनामा मै यो रेकर्ड तोडिन सक्छ ।

‘छक्का पन्जा’को रेकर्ड केहि महिनामै ‘लूट २’को ट्रेलरले तोदिदिएको थियो । ‘लूट २’ले २४ घण्टामा ३ लाख ३९ हजार भ्युज बटुलेको थियो । त्यस्तै ‘लूट २’को रेकर्ड तोड्ने क्रममा ‘ए मेरो हजुर २’ बलियो देखियो । यो सिनेमाले एक दिनको अवधिमा ५ लाख ५ हजार बढी भ्युज प्राप्त गर्यो ।

यसको रेकर्ड केहि दिनमै ‘छक्का पन्जा २’को ट्रेलरले तोड्ने आशा गरिएको थियो । तर, ट्रेलर अगाडीका विवादित गीतका कारण ‘छक्का पन्जा’ सिरिजको लोकप्रियतामा कमि आयो । त्यैपनि ‘छक्का पन्जा २’ले रेकर्ड तोड भ्युज नपाएपनि २४ घण्टामा राम्रै भ्युज पाउँन सफल भयो । यसले १ दिनमा ४ लाख ८५ हजार बढी भ्युज बटुलेको थियो ।

अन्तत: ‘ए मेरो हजुर २’को अघिल्लो रेकर्ड ‘कृ’ले आफ्नो पक्षमा पार्यो । अब यो २४ घण्टामा सर्वाधिक हेरिने नेपाली ट्रेलर बनेको छ । दुई दिन अगाडी रिलिज भएको ट्रेलरले अहिले १० लाख बढी भ्युज पाएर ट्रेन्डीङको शिर्ष स्थानमा छ । ६ लाख ३३ हजारको यो रेकर्ड कुन सिनेमाले तोड्नेछ ? त्यो पक्कै पनि रोमान्चक हुनेछ ।

छक्का पन्जा: डेढ लाख

लूट २: ३ लाख ३९ हजार

छक्का पन्जा २: ४ लाख ८५ हजार

ए मरो हजुर २: ५ लाख ५ हजार

कृ: ६ लाख ३३ हजार*