धुर्मुस-सुन्तलीलाई ‘वर्ष व्यक्ति’को सम्मान

धुर्मुस-सुन्तलीलाई ‘वर्ष व्यक्ति’को सम्मान

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ले सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)’लाई वर्ष व्यक्ति घोषणा गरेको छ ।

विहिबार आफ्नो स्थापनाकालको ९ औं वार्षिकोत्सवको अवसरमा यो लोकप्रिय जोडीलाई वर्ष व्यक्ति घोषणा गर्दै सम्मान गर्यो । फिल्मीखबरले प्रत्येक वर्ष एक मनोरञ्जन क्षेत्रको लोकप्रिय पुरुष र महिलालाई वर्ष व्यक्ति घोषणा गरि सम्मान गर्दै आइरहेको छ ।

‘मेरी बास्सै’ जोडी धुर्मुस र सुन्तली पछिल्लो केहि वर्षदेखि सामाजिक कार्यमा लागिपरेका छन् । विभिन्न स्थानमा असहाय नेपालीको लागि बस्ति निर्माण गरेको यो जोडी नेपाली जनता माझ सर्वाधिक लोकप्रिय छ ।

सम्मान पश्चात धुर्मुस र सुन्तलीले फिल्मीखबरको वर्ष व्यक्ति सम्मानले उर्जा र हौसला मिलेको बताए । सम्पादक शान्तिप्रियले डिजिटल युगमा पनि ९ औं वर्षसम्म सफलता पुर्वक साप्ताहिक पत्रिका चलाउनु निक्कै कष्ट रहेको बताए । त्यैपनि फिल्मीखबर सफलता पुर्वक यहाँसम्म आएकोमा खुसि पनि व्यक्त गरे ।