‘कोहलपुर एक्सप्रेस’को ‘काउ’ पहिलो नम्बरमा !

‘कोहलपुर एक्सप्रेस’को ‘काउ’ पहिलो नम्बरमा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – तीन दिन अगाडी सार्वजनिक गरिएको गीत ‘सि.ओ.डब्ल्यु. काउ…’लाई युट्युबमा दर्शकले रुचाएका छन् ।

सिनेमा ‘कोहलपुर एक्सप्रेस’मा समावेश गीत तेस्रो दिनमा युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा उक्लिएको छ । राजनराज सिवाकोटीको शब्द/संगीत रहेको गीतलाई यो सामग्री तयार गर्दासम्म साढे ६ लाखले हेरिसकेका छन् । गीतलाई युट्युबमा साकारात्मक प्रतिक्रिया मिलेको छ ।

गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विनोद न्यौपाने र गम्भीर स्वयम्ले नृत्य पस्केका छन् । गीतमा मेलिना राई र संगीतकार स्वयम्को स्वर छ ।

हाल पोस्ट-प्रोडक्सनमा रहेको ‘कोहलपुर एक्सप्रेस’लाई युवा निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । सिनेमामा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

अहिले पोस्ट-प्रोडक्सनमा रहेको सिनेमालाई आगामी नयाँ वर्षको बैशाख महिनामा प्रदर्शनमा ल्याईने निर्माण टिमको योजना छ ।