मिस्टर झोले: बजेट सहित ६ दिने कलेक्सन सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मिस्टर झोले’ छैटौं दिनसम्म पनि राम्रो व्यापार गर्न सफल भएको छ । पाँच दिनसम्म २ करोड २२ लाख ग्रस कमाएको सिनेमाले छैटौं दिनमा देशभरबाट २६ लाख ग्रस बटुल्न सफल भएको छ । विहिबार आयोजित प्रेसमिटमा निर्माताद्वय  टेकेन खड्का र रौनक विक्रम कडेलले व्यापारको जानकारी दिए ।…