दया र बर्षाको ‘भैरे’ रिलिज घोषणा

दया र बर्षाको ‘भैरे’ रिलिज घोषणा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई, वर्षा सिवाकोटी र सुरक्षा पन्तको मुख्य भूमिका रहेको सिनेमा ‘भैरे’को रिलिज डेट तोकिएको छ ।

निर्देशक एभरेस्ट सुर्य बोहराले द सिनेमा टाइम्ससँग भने ‘हामीले जेठ १८ लाई प्रदर्शन मिति तोकेका छौ । यहिँ मितिलाई अफिसियल मान्दा हुन्छ । जेठ १८ लाई रिलिज टार्गेट गरेर ‘भैरे’को प्रचार पनि सुरु गर्नेछौ ।’ निर्देशकले फागुन १५ गते सिनेमाको पहिलो गीत सार्वजनिक गर्ने जानकारीसमेत दिए ।

‘भैरे’मा माथि उल्लेखित कलाकारका अलावा सुनिल  थापा, बुद्दि तामाङ्ग, विक्रान्त बस्नेत, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी, सविता गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा बसन्त सापकोटा/अर्जुन पोखरेल/यम बरालको संगीत र प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको निर्माण छ । सिनेमाको  कार्यकारी निर्माता लेख बहादुर पुन (डेनिम)  हुन्, भने यम बराल, रघु पुरी र करुणा कर घिमिरे सह-निर्माता रहेका छन् । नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा २ करोड बजेटमा ‘भैरे’ निर्माण भएको हो ।