जियान र गिगीको ब्रेकअप

जियान र गिगीको ब्रेकअप

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – जादुयी स्वरबाट विश्वको ध्यान खिच्न सफल हलिउड गायक जियान मलिकका फ्यानहरुका लागि दुखद खबर छ ।

जियानले अमेरिकी मोडेल गर्लफ्रेन्ड गिगी हदिदसँग ब्रेकअप गरेका छन् । जियानका फ्यानहरुले गिगीसँगको जोडीलाई अत्याधिक रुचाउदै आएका थिए ।

‘माइन्ड अफ माइन’ एल्बमबाट चर्चित जियान र गिगी पछिल्लो दुई बर्षदेखि रिलेसनमा थिए । केहि महिना अगाडीबाट यी दुईको ब्रेकअप भएको हल्ला बाहिरिएको थियो । तर, यी दुईले ब्रेकअपबारे केहि बोलेका थिएनन् । अन्तत: दुबैले ब्रेकअपको पुष्टि गरेका छन् ।

गिगिले मिडियामा ब्रेकअपको खबर स्वीकार्दै ब्रेकअपको खबर एकतर्फी नहुने भन्दै जियानले पनि पुष्टि गर्ने आशा व्यक्त गरिन् । उनले अगाडी भनिन् ‘म जियानलाई सधैभर माया गरिरहने छु । उसको सपोर्टलाई जहिले याद गरिरहने छु । हामि अब राम्रो साथी भएर अगाडी बढ्नेछौ ।’ गिगीले जियानको भविष्यको पनि कामना गरिन् ।

गिगीको पुष्टि पछी जियानले पनि ब्रेकअपको कुरा स्वीकारेका छन् । साथै, गिगीको प्रेमको लागि जियानले आभार पनि व्यक्त गरे । जियानले ट्वीट मार्फत ‘म गिगीसँग एकदमै सुन्दर प्रेममा थिए । जहाँ धेरै माया र रोमान्स थियो ।’ उनले गिगीलाई यस्तो अवस्थामा साथ दिने फ्यान्सलाई पनि धन्यवाद दिए ।