‘यति यति पानी’ र ‘रुपै मोहनी’मा को अगाडी ?

‘यति यति पानी’ र ‘रुपै मोहनी’मा को अगाडी ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – डिसेम्बर २९ तारिखमा ‘शत्रु गते’को ‘रुपै मोहनी…’ बोलको गीत रिलिज भयो । त्यसको दुई दिन पछाडी ‘कृ’को ‘यति यति पानी’ पनि रिलिज भयो ।

निक्कै प्रतिक्षित रहेका यी दुई गीत करिब दुई साता देखि युट्युब ट्रेन्डीङको शिर्ष स्थानमै कायम छन् । दुई गीतले छोटो समयमै ६४ लाख बढी भ्युज बटुलिसकेका छन् ।

भ्युज र लामो समय देखिको ट्रेन्डीङलाई आधार मान्ने हो भने गीत हिट भैसकेका छन् । सँगै रिलिज भएका कारण पनि यी दुई भिडियोमा को अगाडी ? भन्ने प्रतिस्पर्धा पनि सुरु भयो ।

अहिलेसम्मको प्रतिस्पर्धामा दुईलाई समान मान्न सकिन्छ । किनकि, ‘यति यति पानी’ले १ साता देखि ट्रेन्डीङ शिर्ष स्थान कब्जा गरिरहँदा दोस्रो स्थानमा रहेको ‘रुपै मोहनी’ले भ्युजमा लिड गरिरहेको छ । ‘रुपै मोहनी’को भ्युज ३२ लाख ३१ हजार बढी हुँदा ‘यति यति पानी’ले ३१ लाख ८८ हजार बढी भ्युज बटुलीसकेको छ । अब हेर्न बाँकी छ, दुई गीत मध्ये कसले पहिला १ करोड भ्युज पाउनेछ ।

अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको ‘यति यति पानी’मा अनमोल केसीले कम्मर मर्काएका छन् । अनमोललाई नाच्न आउदैन भन्ने दर्शकका लागी ‘यति यति पानी’मा रेनषा वान्तवा राईले मज्जाले नचाएकी छन् ।

माघ २६ गते रिलिज हुने ‘कृ’को ट्रेलरले युट्युबमा रेकर्ड समेत राखेको थियो । सुरेन्द्र पौडेल निर्देशित सिनेमामा भुवन केसी र सुवास गिरीको लगानी छ ।

त्यस्तै ‘रुपै मोहनी’मा हरिबंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, आँचल शर्मा र अहिलेका लोकप्रिय अभिनेता पल शाहले कम्मर मर्काएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतमा मीना निरौला र टंककै स्वर छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

चैत ९ गते प्रदर्शन मिति तोकेको सिनेमालाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । ‘रुपै मोहनी’ले २४ घण्टामा रेकर्ड राखेको थियो ।