Watch: लभ, रोमान्स, म्युजिक अनि एक्सनको फुल प्याकेज ‘रोमियो’को टिजर आउट

Watch: लभ, रोमान्स, म्युजिक अनि एक्सनको फुल प्याकेज ‘रोमियो’को टिजर आउट

The Cinema Times

एकजना युवतीले एक युवकलाई मन पराउछिन, उसलाई पाउनका लागि जे गर्न पनि उनि हुन्छिन् तर युवकको प्रेम अर्कै युवती संग हुन्छ । उनीहरुको माया र सम्बन्ध निकै गहिरो हुन्छ तर समय यस्तो आईदिन्छकी जिन्दगी जिउन ठुलो संघर्ष गर्नु पर्ने हुन्छ ।

हो सिनेमा ‘रोमियो’को भर्खरै सार्बजनिक टिजरले यहि कुरा देखाउन खोजेको अनुमान लगाउन सकिन्छ । टिजर स्टाईलिष्ट लाग्छ जसमा लभ, रोमान्स, म्युजिक अनि एक्सनको फुल प्याकेज देखिन्छ । यो मसालेदार टिजर हेर्दा क्लास र मासलाई लक्षित गरि बनाईएको लाग्छ ।

Watch ROMEO Teaser Here:

फिल्ममा अभिनेता हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, र डेब्यु अभिनेत्री ओसिमा बानुको मुख्य भूमिका छ ।  हसन राजा खान प्रोडक्सनको ब्यानरमा बनेको रोमियोलाई नव–निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् । फिल्मको प्रर्दशन मिति आउँदो सालको वैशाख २९ गतेलाई तोकिएको छ ।