यस्तो छ यो वर्षका बाँकी ४० सिनेमाको रिलिज डेट !

यस्तो छ यो वर्षका बाँकी ४० सिनेमाको रिलिज डेट !

The Cinema Times

आशिष/सिपी, काठमाडौँ – पछिल्लो केहि वर्षलाई हेर्ने हो भने, वर्षेनी ७५ देखि ९० को हारहारीमा नेपाली सिनेमा प्रदर्शन भैरहेका छन् । यो अंकगणितमा विभिन्न कारण उतार-चढाव आउने गर्छ । २०७२ सालमा भूकम्पले देश, जनता थलिएपछी त्यो वर्षमा कम सिनेमा रिलिज भएपनि २०७३ सालमा ९० को हारहारीमा सिनेमा प्रदर्शन भए ।

आर्थिक रुपले नेपाली सिनेमा बलियो भएको वर्ष ०७४ मा पनि करिब ८० देखि ९० को हारहारीमा सिनेमा प्रदर्शन हुन् सक्ने संकेत देखिएको छ । अहिले आठौँ महिना चलिरहेको छ । गएका ७ महिनालाई फर्केर हेर्दा अहिलेसम्म करिब ५० सिनेमा प्रदर्शन भैसकेका छन् । प्रदर्शन भैसकेका ५० मध्ये ८ सिनेमाले लगानी उठाएका छन् । भने, आधा दर्जन बढी सिनेमाले आफु सुरक्षित भएको जिकिर गर्दै आईरहेका छन् ।

अब कुरा गरौ यो वर्ष रिलिज मिति तय गरेर रिलिज हुन् बाँकी रहेका सिनेमाको बारेमा । मंसीरको पहिलो साता ‘झ्यानाकुटी’ प्रदर्शन भैसकेको छ । निर्माण टिमले बक्सअफिसमा आफ्नो सिनेमा सुरक्षित भएको बताएपनि पूर्ण विवरण आउँन बाँकी छ । दोस्रो सातामा नामै नसुनिएको ‘जुन त लाग्यो ताराले’ प्रदर्शन भयो । देशमा भैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले गर्दा मंसीरमा आशा लाग्दा सिनेमाको रिलिज डेट छैन । उसो त मंसीर विवाहको महिना पनि भएकोले यो सिजनमा प्राय आशातित सिनेमा रिलिज हुदैनन् । त्यसैले मंसीरको तेस्रो साता ‘कन्फ्युज्ड’, चौथो साता अर्थात् २१ गते कुनै फ्रेस सिनेमा छैनन् । यो सातामा ‘सेतो सुर्य’ पुन: प्रदर्शन गरिने हल्ला छ । अन्तिम साता २९ गते ‘माई लभ’, ‘सुपर गोर्खे’ र ‘गोरे’ले रिलिज मिति तय गरेका छन् ।

पुष: पहिलो साता (७ गते) बलिउडको ‘टाइगर जिन्दा हे’ रिलिज हुने भएकोले यो मितिमा नेपाली सिनेमा छैनन् । १४ मा ‘ह्याप्पी न्यु ईयर’ र ‘फिर्के’ले डेट लक गरेका छन् । २१ गते भने तिन सिनेमाले आफ्नो युद्द सुरु गर्नेछन् । यो मितिका योद्दा ‘राज्जा रानी’, ‘बिन्दास लाईफ’ र ‘पटुकी’ हुन् । त्यस्तै पुषको अन्तिम साता (२८ गते) दुई सिनेमाको रोमान्चक भिडन्त हुनेछ । यो मितिमा आशा गरिएका ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ आउने चर्चा छ ।

माघ: ४ को डेटलाई अहिलेसम्म ‘पिंजडा ब्याक अगेन’ले मात्र लक गरेको छ । तर, अन्तिमसम्म यो मितिमा अरु सिनेमा पनि आउँन सक्छन । माघ १२ मा दुई सिनेमा ‘ह्याप्पी डेज’ र ‘फुर्के’ रिलिज हुनेछन् । त्यस्तै १९ गतेलाई अहिलेसम्म ‘शेरबहादुर’ एक्लै छ । वर्षकै ठुलो भिडन्त यो महिनाको अन्तिम साता (२६ गते) हुनेछ । यो मिति आशा गरिएका र प्रतिक्षित ‘कृ’ भर्सेज ‘कान्छी’ हुनेछ । यी दुईले यो मितिलाई आफ्नो अन्तिम रिलिज डेट मानिसकेका छन् ।

फागुन: ४ मा ‘मंगलम’ प्रदर्शन हुनेछ । असोज ११ मा ‘छक्का पन्जा २’सँग आउने भनिएको सिनेमा अन्तिम समयमा ‘पोस्टपोन्ड’ भएको थियो । फागुन ११ मा दुई सिनेमा रिलिज हुनेछन । यी मितिका प्रतिस्प्रधी ‘रोमियो एण्ड मुना’ र ‘पन्चेबाजा’ हुन् । ‘पन्चेबाजा’ चैत ९ मा आउने हल्ला थियो । तर, स्रोतका अनुसार सिनेमाले अब आफ्नो प्रदर्शन मिति ‘प्रिपोन्ड’ गर्दै फागुन ११ मा ल्याउने भएको छ ।  यो महिनाको १७ गतेलाई अहिलेसम्म ३ सिनेमाले आफ्नो मिति मानेका छन् । यो मितिमा आउने भनिएका सिनेमा ‘नाका’, ‘पंचायत’ र ‘बिरंगना’ हुन् । २५ को डेटलाई भने अहिले सिनेमा तय भैसकेका छैनन् ।

चैत: पहिलो साता (२ गते) कुनै पनि नेपाली सिनेमा छैनन् । यो मितिमा अजय देवगनको ‘रईद’ र आलिया भट्टको ‘राजी’ आउदैछन् । ९ गतेलाई ‘शत्रुगते’ले आफ्नो मिति बनाएको छ । १६ को डेटमा कुनै नेपाली सिनेमा छैनन् । आशा गरौ यो मितिमा बलिउडको कुनै ठुलो सिनेमा रिलिज हुनेछ । त्यस्तै २३ गते ‘तिमि सँग’ रिलिज हुनेछ । यो वर्षको अन्तिम साताको लागि दुई सिनेमाले रिलिज भर्नेछन् । छायाँकनरत ‘लिलिबिली’ र ‘डण्डीबियो’ सम्भवत: यो वर्षका अन्तिम रिलिज हुनेछन् ।