वरिष्ट सिनेकर्मी उद्दव पौड्यालको प्रतिमा बनाइने

वरिष्ट सिनेकर्मी उद्दव पौड्यालको प्रतिमा बनाइने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – समाजसेवी तथा बरिष्ठ सिनेकर्मी उद्धव पौड्यालको नेपाल चलचित्र विकास कम्पनीले पुर्णकदको प्रतिमा निर्माण गर्ने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारणबाट पौड्यालको प्रतिमा बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

नेपाल सरकारबाट विशिष्ट चलचित्रकर्मीद्धारा बिभुषित उद्धव पौड्याल एनएफडिसीका पूर्व अध्यक्ष समेत हुन् । नेपाली सिनेमा निर्माण, प्रदर्शन र वितरणसंगै संचार क्षेत्रमा पौड्यालको संलग्नता छ । एनएफडिसीको प्रेक्षलय परिसरमा पौड्यालको प्रतिमा निर्माण हुनेछ ।

नेपाल सरकार मातहतको नेपाल चलचित्र विकास बोर्ड स्थापनामा पौड्यालको महत्वपुर्ण भुमिका रहेको छ । गोपीकृष्ण मुभिज, टि.भि.फिल्मी र रेडियो फिल्मी मार्फत चलचित्र क्षेत्रको श्रीबृद्धका उद्धव पौड्याल अनवरत रुपमा सक्रिय हुनुहुन्छ । अध्यक्ष, उज्वल पौडेलका अनुसार एनएफडिसीले आफ्ना व्यवसायिक रणनिती परिमार्जित गरेको छ ।

जस अनुरुप हाल एनएफडिसीमा चलचित्र छायाँकनका लागि ठूलो स्टुडियो, ग्राफिस र भिएफेक्सका लागि छुट्टै स्टुडियो निर्माण गरेको छ । ३ वटा रेड क्यामेरा सहति पोष्ट प्रोड्क्सनका सम्पुर्णका अहिले बालाजु स्थीति एनएफडिसीमा भइरहेको छ ।