मिस्टर भर्जिनको ‘टुल्की’ ! (भिडियो)

मिस्टर भर्जिनको ‘टुल्की’ ! (भिडियो)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन अगाडी सार्वजनिक गरिएको ‘टुल्की’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सिनेमा ‘मिस्टर भर्जिन’मा समावेश गीतको भिडियो एक प्रेसमिटका विच सार्वजनिक गरियो ।

‘मिस्टर भर्जिन’ टिमले प्रेसमिटमा संचारकर्मी नरेश भट्टराईको जन्मदिनको केक पनि काट्यो । वर्ल्ड वाइड फिल्मस डिस्ट्रिव्यूसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा सुरज पण्डितको शब्द, संगीत र स्वर छ । दीपकमान सिंहले कोरियोग्राफी भरेको गीतमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, श्रद्धा प्रसाई, स्मिृती पोख्रेल र इलियन मरान्डाले कम्मर मर्काएका छन् ।

विशारद बस्नेत निर्देशित सिनेमा मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । केहि भर्जिन पात्रहरुले भोगेको परिस्थिति र त्यसबाट उत्पन्न हुने घटनालाई ‘मिस्टर भर्जिन’ मार्फत कमेडी फ्लेवरमा प्रस्तुत गरिएको छ ।

सुरज पण्डित, श्रीकृष्ण वम मल्ल, बुलेट, आधासुर, आरजे, मिस्टर प्रिन्सको संयुक्त संगीत रहेको ‘मिस्टर भर्जिन’मा रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वार/दीपकमान सिंहको कोरियोग्राफी, दीपक ओलीको क्रियटिभ निर्देशन रहेको छ । राजधानीको ठमेलमा खिचिएको सिनेमाको प्रदर्शन मिति तय भैसकेको छैन । घोषणा कार्यक्रममा निर्माण पक्षले ‘मिस्टर भर्जिन’ बैशाख अन्त्यतिर प्रदर्शनमा ल्याउने जानकारी गराएको थियो ।

https://youtu.be/5AhOoHFSbu8