साम्राज्ञीसँग आकाशको प्रेम, ‘तिमि सँग’ गीत !

साम्राज्ञीसँग आकाशको प्रेम, ‘तिमि सँग’ गीत !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा अभिनत सिनेमा ‘तिमि सँग’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा साम्राज्ञी र आकाशको रोमान्टिक पलहरुलाई प्रस्तुत गरिएको छ । ‘ड्रिम्स’ डेब्यु अभिनेत्री र ‘म त तिम्रै हुँ’ डेब्यु अभिनेताको लागि ‘तिमि सँग’ पहिलो स्क्रिन शेयर हो ।

लेखु सहयात्रीद्वारा लिखित गीतका संगीतकार राहुल मुखर्जी हुन् । भने, गीतमा मधुरा बज्राचार्य र संगीतकार स्वयम्को स्वर रहेको छ । गीतमा कोरियोग्राफी शिशिर खतिले भरेका छन् ।

शिशिर राणा निर्देशित म्युजिकल लभजर्नीको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा शुशील छेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।