अन्तर्राष्ट्रियस्तरको ‘द भ्वाईस अफ नेपाल’ घोषणा

अन्तर्राष्ट्रियस्तरको ‘द भ्वाईस अफ नेपाल’ घोषणा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – विश्वको नम्बर वान गायन रियालिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ । यसको औपचारिक घोषणा राजधानीको पाँचतारे होटलमा गरियो ।

शोको बिजेताले २५ लाख नगद र २० लाख बराबरको भिडियो एल्बम तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् । साथै, विजेतालाई ‘भ्वाईस अफ नेशन’को उपाधि पनि दिईने आयोजकले जानकारी गराएको छ । शो जजका रुपमा वरिष्ट गायक दीप श्रेष्ठसँगै प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहनेछन ।

नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्ने शोमा प्रलाद सिंह ठकुरी एमडी र फिरोज तिमिल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहनेछन । सुशील नेपालले शोको होस्ट गर्नेछन् । सुशीलले यसअघि नेपाल आइडलमा पनि होस्ट गरिसकेका छन् ।

‘द भ्वाईस अफ नेपाल’ पहिलो पटक अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा पनि जानेछ । शोका केहि एपिसोड ‘द भ्वाईस अफ ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ । जहाँ संसारभरका प्रतिभाहरुलाई अटाइएको छ । शो प्रशारण असारबाट हुनेछ ।