‘तान्द्रो’ प्रिमियर: दयाहाङको अभिनय उत्कृष्ट, सिनेमालाई राम्रो प्रतिक्रिया !

‘तान्द्रो’ प्रिमियर: दयाहाङको अभिनय उत्कृष्ट, सिनेमालाई राम्रो प्रतिक्रिया !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘तान्द्रो’को राजधानीको बिग मुभिजमा प्रिमियर सम्पन्न भएको छ । सामतेन भुटिया निर्देशित सिनेमा हेर्न सुनिल थापा, निश्चल बस्नेत, दयाहाङ राई, निशा अधिकारी, आसिफ शाह लगायत थुप्रै मिडियाकर्मी र अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रह्यो ।

सिनेमा हेरेर अधिकाँसले अभिनेता दयाहाङ राईको अभिनयको प्रशंसा गरे । साथै, राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया समेत दिए । सिनेमा प्रदर्शन भैरहँदा बिग मुभिजको टेक्निकल पार्टमा समस्या आएपछी केहि समय प्रिमियर बिथोलिएको थियो । अन्तत: मर्मत पछी सिनेमा हेर्न पाउँदा अधिकाँस पाहुना हर्षित थिए ।

द्वन्दकालमा गोलि लागेको एक योद्दाले गाउँलेहरुबाट तिरस्कित हुँदा भोग्नु परेको पिडा ‘तान्द्रो’मा प्रस्तुत गरिएको छ । उपेन्द्र सुब्बाको पटकथा र रामबाबु गुरुङको संवाद रहेको यो सिनेमालाई सतिशकुमार गौतमले निर्माण गरेका हुन् ।

आधा सुरको संगीत रहेको सिनेमामा दयाहाङका अलावा बुद्दी तामाङ, रामबाबु गुरुङ, मनिराम पोखरेल, कमलमणि नेपाल, राजन खतिवडा, सरस्वति चौधरी, जुनु बिष्ट, बाल्मिकी पोखरेल, सम्रांत थापा, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ ।