बैशाख ७मा आउँदै ‘सुपर गोर्खे’

बैशाख ७मा आउँदै ‘सुपर गोर्खे’

The Cinema Times

द सिनेमा टाइम्स काठमाण्डौ – फिल्म सुपर गोर्खे अबआउँदो वर्षको बैशाख ७ गतेदेखि अल नेपालप्रदर्शनमाआउने भएको छ । प्राविधिककारणले गर्दा फिल्मको यस वर्षको प्रदर्शन मितितोकिएको थियो । ०७४ कोबैशाख७गते भने फिल्मको अन्तिमप्रदर्शन मिति रहेको नायिकातथानिर्मात्रीऋचा सिंह ठकुरीले बताइन् ।

नेपालसँगै अष्ट्रेलियामापनि सुपर गोर्खे लाग्ने मिति तय भएको ऋचाले बताइन् ।त्यहाँ रहेका नेपालीमाझअप्रिल ८ तारिखमाफिल्मलाई देखाइनेऋचाको भनाई छ । अविर हाउस प्रोडक्सनप्रा.लिको प्रस्तुती रहेको सुपर गोर्खे लाई राजथापालेनिर्देशन गरेकाहुन् ।

फिल्ममाऋचा सहित सुरजसिंह ठकुरी, निराजनलुईंटेल, भुपेन्द्र खत्रीलगायतकलाकारहरुको अभिनय रहेको छ ।
किरणमाइकलको लेखन, राजथापाको कथा रहेको सुपर गोर्खे लाई सौरभ लामाले खिचेकाहुन् । चन्द्र पन्तको द्धन्द्धनिर्देशनतथातारा प्रकाशलिम्बु र शालिकदुलालको संगीत छ ।