सलोन र साराको ‘सुश्री सम्पति’ अफिसियल घोषणा

सलोन र साराको ‘सुश्री सम्पति’ अफिसियल घोषणा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – संचारकर्मी सुब्रतराज आचार्यले निर्देशन गर्ने सिनेमा ‘सुश्री सम्पति’को अफिसियल घोषणा गरिएको छ । आइतबार राजधानीमा प्रेसमिट गरि सिनेमाको बारेमा सम्पूर्ण जानकारी दिइयो ।

कमेडी जानरामा निर्माण हुने सिनेमामा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमबर्षा खड्का, रोशनी कार्की, रन्जीत कोइराला, बिनोद पौडेल र सन्तोश खनालको अभिनय रहनेछ । भने, प्रियंका कार्की विशेष भूमिकामा रहनेछिन् ।

फागुन १५ बाट छायाँकनमा जाने ‘सुश्री सम्पति’मा निर्देशक आचार्यको कथा र संवाद रहनेछ । अभिमन्यु निरवीको पटकथा रहेको सिनेमामा निर्देशकलाई निरवीले संवादमा सहयोग गरेका छन् ।

सुरेश अधिकारीको शब्द/संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन तिवारी(टिम)को छायाँकन रहने सिनेमामा बिज्ञान राई, नुमन सुब्बा र रमण शिलाकरको लगानी रहनेछ ।

तस्विर: सचित खड्का