सुरु भयो सलोन र साराको ‘सुश्री सम्पति’

सुरु भयो सलोन र साराको ‘सुश्री सम्पति’

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – रंग पत्रकार सुब्रत आचार्यको निर्देशनमा बन्ने ‘सुश्री सम्पत्ति’को पोखराबाट छायाँकन सुरु भएको छ । मगंलबार पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रको आयोजना गर्दै सिनेमाको शुभमुर्हत गरियो ।

कमेडी लभस्टोरी ‘सुश्री सम्पत्ति’मा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयानन्द लामा लगायतका कलाकारको मुख्य भुमिका छ । भने, सिनेमामा अभिनेत्री प्रियंका कार्की विषेश भुमिकामा देखिने छिन । सिनेमाको सम्पुर्ण छायाँकन पोखरामा सम्पन्न गरिने निर्देशक आचार्यले बताए । यस्तै सिनेमाको एउटा गीतको छायाँकन काठमाण्डौमा गरिने छ । सुरेश अधिकारीको संगीत, अर्जुन तिवारीको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी रहने सिनेमाको कथा निर्देशक आचार्य आफैले तयार पारेका हुन ।

राहुल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने सिनेमालाई रमेश त्वयना, विज्ञान राई, नुनम सुब्बा र रोमन शीलाकर ‘सुश्री सम्पत्ति’का निर्माता हुन ।